काठमाडौँ - गीतकार प्रकाश योन्जनले यो वर्षको संस्करणमा नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२२ मा सर्वोत्कृष्ट गीतकारको उपाधि पाएका छन्। यस वर्षको ‘परदेश’ गीतका लागि उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।
टीका बम्जनको संगीत रहेको उक्त गीतलाई पवन लामाले संगीत संयोजन गरेका हुन् भने गायक प्रमोद खरेलले गाएका छन्।
गीतमा उमेश गुरुङ्ले निर्देशन, कमला अमगाइले निर्माण, सम्भु चालिसेले भिडियोलाई छायांकन गरेका छन्। भिडियोमा महेश खड्का, उशा सुवेदी, लोकेश का एम भा र प्रशुना केसीको अभिनय रहेको छ।