भारत। बलिउडदेखि हलिउडसम्मक चलचित्रमा काम गरिसकेकी अभिनेत्री प्रियंका चोपडाले आमा बनेपश्चात चलचित्र ‘जी ले जरा’मा काम नगर्ने भएकी छिन्। उनले चलचित्रका निर्माता फरहान अख्तर र रितेश सिधवानीलाई आफ्नो साटो अरु कोही अभिनेत्री खोज्न आग्रह समेत गरेकी छन्। करिब सय करोडभन्दा बढी बजेटको यो चलचित्रमा प्रियंकाले काम नगर्ने निर्णय लिएकी हुन्।
निर्माण पक्षले चलचित्रका लागि केटरिना केफ र आलिया भट्टसँगै प्रियंकालाई अनुबन्धित गरेको थियो। चलचित्र फरहानको अघिल्लो चलचित्र 'जिन्दगी ना मिलेगी दोबारा' जस्तै यात्राको कथामा आधारित रहनेछ। अभिनेत्री प्रियंकाले आमा बनेपछि सम्पूर्ण समय र शक्ति बच्चाका लागि छुट्याउने कोशिस गरिरहेकी छिन्।
सन्तानका कारण प्रियंकाले चलचित्रमा काम नगर्ने भएपछि निर्माताहरु कुन अभिनेत्रीलाई अनुबन्धित गर्ने भन्ने तनावमा छन्। प्रियंकाले पछिल्लोपटक फरहानको' चलचित्र ‘द स्काई इज पिंक’मा काम गरेकी थिइन्।