सन्दीपलाई इन्टरपोलको सहयोगले पक्राउ गर्ने तयारीमा नेपाल प्रहरी

काठमाडौँ - प्रहरीले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत् पक्राउ गरी ल्याउने तयारी गरेको छ। बलात्कारको आरोप लागेका सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् पक्राउ गरी ल्याउने तयारी गरेको हो।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहका अनुसार सन्दीपलाई इन्टरपोलमार्फत् खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको हो। उनले इन्टरपोलमार्फत् सदस्य राष्ट्रहरूलाई जानकारी गराएर सन्दीपको खोजी गर्ने र नेपाल ल्याउने प्रकृया अगाडि बढाइएको जानकारी गराएका छन्।

एक नाबालिग किशोरीले आफूलाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी हालेपछि उनी सम्पर्कविहीन भएका थिए। क्यारेवियन लिग खेल्न वेस्ट एन्डिज पुगेकै बेला उनीबिरुद्ध गौशाला प्रहरीमा उजुरी परेको थियो। त्यसपछि सन्दीप क्यानको सम्पर्कमा आएका थिए।

साथै क्यानले सन्दीपलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गर्ने निर्णय गरेको थियो। त्यसपछि सन्दीपले सामाजिक संजालमार्फत आफू दोषी नभएको दावी गर्दै कानूनले सहि र सत्यतथ्य छानविन गर्ने अपेक्षा गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×