काठमाडौँ - ३ वर्षअघि सम्पन्न भएको ‘लिटिल आइडल नेपाल-२०१९’ को उपाधि जित्न सफल रक्षक दाहाल गायकको रुपमा दर्शक तथा स्रोतामाझ आएका छन्।
उनको नयाँ गीत ‘हामी सपना हौं देशको’ गीतको लिरिकल भिडियो संगीतकार नरहरी प्रेमीको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ।
श्रुती संगीत विद्यालयको प्रस्तुतिमा तयार भएको यो गीतमा रक्षक दाहालको स्वर, कुमार दाहालका शब्द तथा नरहरी प्रेमीको संगीत निर्देशन रहेको छ। लक्षु प्रकाश मल्ल यो गीतका संगीत संयोजक हुन्।