आगलागीबाट पीडित परिवारलाई राहत

बाँके - बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट पीडित परिवारलाई आज राहत उपलब्ध गराइएको छ। प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले विपद् व्यवस्थापन कोषबाट प्रतिपरिवार रु १५ हजार र ब्ल्याङ्केट वितरण गरिएको जानकारी दिए। 

उनले नेपाल रेडक्रस सोसाइटीले एक सेट भाडा र गाउँपालिकाले खाद्यान्न वितरण गरेको बताए। सोमबार अपराह्न आगलागी हुँदा १६ घरगोठ जलेर नष्ट भएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×