भारत। बहुप्रतिक्षित दक्षिण भारतीय चलचित्र ‘आरआरआर’को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ। सफल चलचित्र ‘बाहुबली’का निर्देशक एसएस राजामौलीको यो चलचित्रको प्रदर्शन मिती कोरोनाका कारण बेला-बेला सर्ने गरेको थियो। जनवरी ७बाट प्रदर्शनमा आउने भनिएको चलचित्र मार्च २५बाट प्रदर्शनमा आउने भएको छ।
चलचित्र 'आरआरआर'मा जुनियर एनटिआर, रामचरण, अजय देवगन, आलिया भट्ट, ओलिभिया मोरिस आदि कलाकारहरुको अभिनय रहेको छ। ठुलो बजेटमा निर्माण भएको चलचित्रबाट धेरै अपेक्षा गरिएको छ।
