तासको ५० तले घर बनाएर गिनिज रेकर्ड

काठमाडौँ - वर्तमान लोकप्रिय डिजिटल युगमा कतिपयले तासहरूको घरलाई एक टेलिभिजन शृंखलाको रुपमा लिन्छन्। अर्कोतर्फ कलाकार भने यसलाई एउटा महत्वपूर्ण कलाको रूप मान्छन् र प्रत्येक तासमार्फत नयाँ उपलब्धि हाँसिल गर्न प्रयास गर्छन्।

एक चिनियाँ युवाले सबैभन्दा छिटो अर्थात ५ घण्टा ५ मिनेटमा ५० तले तासको घर बनाएर नयाँ विश्व कीर्तिमान बनाएका छन्। गिनिज वल्र्ड रेकर्ड्सका अनुसार पूर्वी चीनको सानडोङ प्रान्तको छिङदाओका कार्ड कलाकार टियान रुईले तासको ५० तले घर ५ घण्टा ५ मिनेटमा बनाएका थिए।

घर १० मिनेटभन्दा बढी ठडिएको थियो। घरको उचाइ ३ दशमलब ३७५ मिटर रहेको थियो।

यो प्रयास सन् २०२२ को गिनिज वर्ल्ड रेकर्ड्स दिवस समारोहको १ अंशको  रूपमा आयोजना गरिएको ग्लोबल टाइम्सले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×