नेपाली क्रिकेटर सीताको अलराउण्ड प्रदर्शन

 काठमाडौँ-  नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका उपकप्तान सीता राना मगरले युएईमा जारी फेयर ब्रेक इन्भिटेसनल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन कायम राखेकी छन्।

सीता आबद्द टोर्नाडोस वुमेन्सले दुबईमा बिहीबार भएको खेलमा फाल्कोन्स वुमन्सलाई ७ विकेटले हराएको हो।

फाल्कोन्सले दिएको १३९ रनको लक्ष्य टोर्नाडोसले १९.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। टोर्नाडोसको जितमा कप्तान सोफी डिभाइनले ५२ र स्टेर कालिसले ५० रन जोडिन्। सीता १८ रनमा अविजित रहिन्। उनले २५ बल खेल्दा एक चौका प्रहार गरिन्।

फाल्कोन्सका गुन्जन शुक्लाले २ विकेट लिएका थिए। पहिले ब्याटिङ गरेको फाल्कोन्सले २० ओभरमा ४ विकेट गुमाएर १३८ रन बनाएको थियो।

फाल्कोन्सका कप्तान सुजि बाटेसले अविजित ४१ र डानीले ३२ रन जोडिन्। बलिङतर्फ सीताले ३ ओभर बलिङ गर्दा १९ रन खर्चिन्। विकेट लिन नसकेपनि सीताले एक खेलाडीलाई रन आउट गरेकी थिइन्।

जितसँगै ५ खेलमा ११ अंक जोडेको टोर्नाडोस तेस्रो स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×