लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौँ - झापा मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टा भन्सार गेट अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित बुद्धशान्ति गाउँपालिका-२ बस्ने ४२ वर्षीय दीपक प्रसाद प्रसाईँलाई  प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.५ प ५७०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार प्रसाईँलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

भद्रपुर नगरपालिका-५ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ९ सय ५० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१५ बस्ने ३६ वर्षीय विजय कुमार राजवंशी र २६ वर्षीय सुमन राजवंशी रहेका छन् । 

प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ८६८८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×