माओवादी केन्द्रकाे आज हुने राष्ट्रिय सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन अगाडि केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।

शनिवार बसेको संक्षिप्त स्थायी समितिको बैठकले आइतबार बिहान केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको हो ।

आइतबार बिहान ८ बजे केन्द्रीय समितिको बैठक बसेपछि दिउँसो १ बजे राष्ट्रिय सम्मेलनको उद्घाटन हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

शुक्रवार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×