अफ्रिका कप अफ नेसन्स अब २०२४ मा हुने

काठमाडौँ - अफ्रिका कप अफ नेसन्सको मिति १ वर्ष पर धकेलिएको छ।

आइभरीकोस्टमा तय भएको यो प्रतियोगिता मौसमको कारण देखाई १ वर्ष पर धकेलिएको हो। अब प्रतियोगिता २०२४ को जनवरी-फेब्रुअरीमा हुने भएको छ।

त्यसअघि २०२३ को जुन-जुलाईमा प्रतियोगिता गर्ने भनिएको पनि त्यतिबेला गर्मी अत्याधिक हुने भएकाले प्रतियोगिता २०२४ मा सारिएको अफ्रिका कप अफ नेसन्सले जनाएको छ।  

यसै वर्ष भएको अफ्रिका कप अफ नेसन्सको उपाधि भने फाइनलमा इजिप्टलाई स्तब्ध बनाउदै सेनेगलले जितेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×