‘गोरखा’का लागि धेरै नेपाली कलाकारहरुले दिए आवेदन

भारत। बलिउड अभिनेता अक्षय कुमारको आउँदो चलचित्र ‘गोरखा’का लागि धेरै नेपाली कलाकारहरुले आवेदन दिएका छन्।

केहिसमय अघि मात्र चलचित्रका लागि नेपाली कलाकारहरुको आवश्यकता रहेको भन्दै अडिसन आह्वान गरिएको थियो। आनन्द एल राय र हिमांशु शर्माले निर्माण गर्न लागेको चलचित्रले सूचना जारी गर्दै नेपालबाट महिला र पुरुष कलाकारको माग गरेको थियो।

जनवरीमाअडिसन मागिएको भएतापनि इच्छुक कलाकारले फेब्रुअरी ५ सम्म आवेदन दिन सक्ने बताइएको थियो। उक्त सूचनापछि भारत तथा नेपालबाट नेपाली मुलका विभिन्न कलाकारले अडिसनको लागि आबेदन दिएको निर्माण पक्षले बताएको छ।

चलचित्रमा गोरखा रेजिमेन्टको गोरखाली सेनाको भूमिकामा नेपाली कलाकारलाई देखाईनेछ। चलचित्र भारतीय सेनाअन्तर्गतको गोरखा रेजिमेन्ट (पाँचौ बटालियन)का युद्ध सैनिक इयान कार्डोजोको जीवनमा आधारित रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×