काठमाडौँ - संगीतकार बाबुल गिरीको संगीत निर्देशनमा पारा तात्या छ बोलको गीत सार्वजनिक भएको छ। यो गीतमा गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वर रहेको छ। डिपि खनालद्वारा रचना गरिएको यो गीतमा संगीतकार गिरीले गीतमा र्याप दिएका छन्।
सुब्रत आचार्यद्वारा निर्देशित गीतको भिडियो रमाइलो बनेको छ। भिडियोमा सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव भट्टराई, समारिका ढकाल तथा स्मारिका ढकालले अभिनय रहेको छ।
गायक श्रेष्ठले यो गीत ‘क्लब डान्स’ स्टाईलको रहेको बताएका छन्। जया शर्मा क्रियटिभ निर्देशक तथा निम बाबु तामाङको कोरियोग्राफी रहेको यस भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादक विकास दाहाल रहेका छन्।