काठमाडौँ । जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे)ले अपाङ्गता भएकी एक महिलालाई रु. एक लाख सहयोग गरेकी छन्।
तानसेन नगरपालिका–५ कैलाशनगरकी तारा अर्याललाई उनले उक्त सहयोग गरेकी हुन्। एक कार्यक्रममा उक्त सहयोग अर्याललाई हस्तान्तरण गरिएको हो। सो अवसरमा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले अपाङ्गता भएकी महिलालाई आर्थिक सहयोग गरेकामा काकिमीलाई धन्यवाद दिएका छन्। अपाङ्गता भएका व्यक्तिलाई समाजमा सम्मान र अवसर दुवै आवश्यक भएको उनको भनाइ छ।
काकिमीले पाल्पामा शिक्षा तथा खानेपानीमा नागरिकको पहुँच विस्तारका लागि आर्थिक सहयोग गर्दै आएका छन्।