काठमाडौँ - सुनसरी जिल्लामा करिब १२० किलो गाँजा बाेकेको सुमो गाडी र मोटरसाइकलसहित ६ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा भारत घर बताउने ३६ वर्षीय महोमद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओम प्रकाश रजक, सुनसरी जिल्लाको देवनागंज गाउँपालिका ५ बस्ने ३१ वर्षीय ओम प्रकाश साह र २० वर्षीय शिवम साह रहेका छन् छन्।
बराहक्षेत्र नगरपालिका १ स्थित चतरापुल नजिकै बराहक्षेत्र जाने सडकखण्डबाट शुक्रबार उनीहरूलाई पक्राउ गरिएकाे हाे।
बिआर ०२ आर ९९९४ नम्बरको भारतीय सुमो गाडीमा गाँजा राखी भारततर्फ लैजाँदै गरेका उनीहरूलाई नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले पक्राउ गरेकाे हाे।
सुमाे गाडीसहित प्रदेश नं. १-०२-०५० प ६३०४ नम्बरको मोटरसाइकल पनि नियन्त्रण गरिएकाे छ।
पक्राउ परेकाहरूलाई बरामद गाँजा, सुमो गाडी र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, सुनसरीमा बुझाइएको छ।