गायक नवीन पौडेलको नयाँ गीत ‘हरहर बासना अगरबत्तीको’ सार्वजनिक

काठमाडौँ - चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेलको नयाँ गीत ‘हरहर बासना अगरबत्तीको’ सार्वजनिक भएको छ। गीत गायक पौडेल रआशा बिसीको स्वर रहेको छ। गायक पौडेलकै शब्द तथा रवि कार्कीको लय रहेको गीतको एरेन्ज कृष्ण केसीले गरेका हुन्।

गीतको म्युजिक भिडियोमा स्वीकृति पौडेलको आकर्षक नृत्य देख्न सकिन्छ। स्वीकृतिलाई सन्तोष शर्माले साथ दिएका छन्। स्वीकृति गायक पौडेलकी छोरी हुन्।

स्वीकृतिले यस अगाडि गायक पौडेलकै गीत ‘बोल्नुपर्छ ओइ’ ‘लेउ खुकुरी लेउ’, ‘पर्यो देशलाई चोट’ जस्ता गीतको भिडियोमा समेत अभिनय गरिसकेकी छिन्। बुटवलका आसपासका स्थानमा छायाङ्कन भएको भिडियोको निर्देशन बिष्णु भट्टराइले गरेका हुन्।

 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×