काठमाडौँ – एएफसी यू-१७ एसियन कप छनोट अन्तर्गत नेपाल समूह 'एफ' मा परेको छ। उक्त समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम तथा चाइनिज ताइपेइ रहेका छन्। समूह 'एफ' का सबै खेलहरु भियतनाममा हुने भएको छ।
छनोट अक्टुबर १ देखि ९ तारिखसम्म आयोजना हुनेछ। सन् २०२३ मा बहराइनमा हुने एसियन कपका लागि ४४ टिमले छनोट चरणमा सहभागिता जनाउने एएफसीले जानकारि दिएको छ।
सहभागी टिमलाई १० समूहमा विभाजन गरिएको छ। समूह विजेता तथा शीर्ष ५ मा पर्ने उपविजेता आगामी वर्षको मुख्य प्रतियोगिताका लागि छनोट हुनेछन्।