फिल्म नचल्नुमा मेरै दोष होः अक्षय कुमार

काठमाडौँ - पछिल्लो समय बलिउड फिल्म उद्योग धर्मराएको छ। ठूलो बजेट र आशा गरिएका चलचित्रले राम्रो ब्यापार गर्न सकेका छैन। कतिपयले त लगानीसमेत उठाइरहेका छन्। हालै रिलिज भएको दुई ठूला सिनेमाले लगानी उठाउन सकेनन्।

यसैबीच बलिवुड अभिनेता अक्षय कुमारले बलिउड फिल्महरूको बक्स अफिसमा खराब प्रदर्शनलाई लिएर टिप्पणी गरेका छन्। अक्षयले आफ्नो आगामी फिल्म ‘कटपुतली’ को ट्रेलर सार्वजनिक कार्यक्रममा दर्शकले फिल्ममा के चाहन्छन् भन्ने कुरा बुझ्नुपर्ने बताएका छन्। साथमा उनले आफ्ना फिल्मको असफलतामा अरू कसैलाई दोष दिन नहुने बताएका छन्।

‘कटपुतली’ को ट्रेलर रिलिजको क्रममा अक्षयलाई बलिउड फिल्मको खराब प्रदर्शनको बारेमा प्रश्न गरिएको थियो। यसमा अक्षयले भने, 'हाम्रो कमजोरीले फिल्म चल्दैन। मेरो गल्तीले फिल्म चलेन। मैले केही परिवर्तन गर्नुपर्छ। दर्शकले के चाहन्छन् भन्ने बुझ्नुपर्छ। म आफ्नो तर्फबाट परिवर्तन गर्न चाहन्छु। फिल्म फ्लप हुनुमा अरू कसैलाई दोष किन दिनु, तर यो कुराको लागि म आफैंलाई दोष दिन्छु।'

अक्षय कुमार र राकुल प्रीत सिंह स्टारर फिल्म ‘कठपुतली’ को कथा हिमाचल प्रदेशको कसौलीमा भइरहेका आपराधिक घटनामा आधारित हुनेछ। 

अक्षयको कटपुतली बाहेक धेरै फिल्म छन्। अक्षय अहिले ‘सुरै पोत्रु’ को सुटिङमा व्यस्त छन्। उनीसँग ज्याकलिन फर्नान्डिज र नुसरत भरुचासँग ‘राम सेतु’ पनि छ। अक्षयले यामी गौतम र पंकज त्रिपाठीसँग ‘ओह माई गड २’ को सुटिङ पनि गरिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×