काठमाडौँ - अमेरिका कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। गएराति इरानलाई १-० गोलले हराउँदै अमेरिका नकआउट चरणमा पुगेको हो।
अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरेका थिए।उनले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए।
यो जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ। अमेरिकाले ३ खेलमा ५ अंक जोडेको छ।
३ अंक जोडेको इरान तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।