कांग्रेस महाधिवेशन : बागमती प्रदेशको मतपरिणाम सार्वजनिक

काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (बागमती प्रदेश)को मतपरिणाम सार्वजनिक भएको छ।

गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक गरिएको मतपरिणामअनुसार बागमती प्रदेशबाट ध्यानगोविन्द रञ्जित ९२,४१९० र राजेन्द्रकुमार केसी ९२,१२९० मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

यस्तै धुब्रप्रसाद अधिकारीले दुई हजार १११०, रमेशप्रसाद धमलाले एक हजार ६८४०, निमा ग्याल्जेन शेर्पा ३७५ र मनोज रानाले २४५ मत प्राप्त गरे। यसैगरी केन्द्रीय सदस्य ९बागमती प्रदेश० महिलातर्फ उर्मिला नेपाल केसी दुई हजार ३४९ मत प्राप्त गरी निर्वाचित भएका छन्। यस्तै विष्णुदेवी पुडासैनीले एक हजार ६७० र कृष्णा अमात्यले ५५१ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×