ललितपुरका चार पालिकामा मतगणना सुरु, महानगरमा सर्वदलीय बैठक

ललितपुर - ललितपुरका ६ पालिकामध्ये चार पालिकामा मतगणना सुरु भएको छ भने दुई पालिकामा सुरु गर्ने तयारी गरिएको छ।

ललितपुर महानगरपालिकामा ७ बजेदेखि सर्वदलीय बैठक सुरु भएको छ। सो बैठक सकेर मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेले जानकारी दिइन्। गोदावरी नगरपालिकामा गए राति १ बजेदेखि मतगणना सुरु भएको थियो।

जिल्लाका दक्षिणी भेगमा पर्ने वाग्मती, कोञ्जेसोम  र महांकाल गाउँपालिकामा गए राति अबेरदेखि नै मतगणना सुरु भएको बताइएको छ।

महालक्ष्मी नगरपालिकामा आज बिहान ११ बजेदेखि मात्रै गणना सुरु हुने भएको छ। राति बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×