वरिष्ठ नेता पौडेल भन्छन्, 'एमसिसीबारे वास्तविक छलफल अब सदनमा हुन्छ'

काठमाडौँ - सत्तासिन दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरशन (एमसिसी) को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसदतर्फ केन्द्रित भएको बताएका छन्।

सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसिसीका सम्बन्धमा छलफल गरी समान धारणा बनाउन क्रियाशील रहेका उनले एमसिसीबारे अब वास्तविक रूपमा सदनमा छलफल हुने प्रतिक्रिया दिएका हुन्। पूर्वसभामुखसमेत रहनुभएका पौडेलले भने, “एमसिसीबारे बाहिर सडकमा अफवाह र हल्ला मात्र फैलिएको छ, यो विषयले संसदमा प्रवेश पाएको छ, त्यसैले राष्ट्रको ध्यान संसदतर्फ केन्द्रित भएको छ।”

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग आज भएको छलफलपछि सञ्चारकर्मीसँग उनले जटिल रूपमा आइरहेको एमसिसी र देशको परिस्थितिबारे विभिन्न कोणबाट छलफल गरेको बताएका छन्। वरिष्ठ नेता पौडेलले भनेका छन्, “एमसिसीका विषयमा कुरा गर्दा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र विकासको अवस्था के हुन्छ भन्ने पाटोबाट गहनसँग राम्रै कुरा गरेका छौँ। सैद्धान्तिक रूपमा हाम्रो बीचमा मतभेद केही देखिएन तर केही प्राविधिक विषय पनि छन्।”

देशसँग जोडिएको महत्वपूर्ण विषय एमसिसीबारे संसद्मा प्रतिनिधित्वमा रहेका राजनीतिक दलका सबै नेतासँग आफूले कुराकानी अघि बढाएको नेता पौडेलले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×