घुससहित पक्राउ परेका इञ्जिनियरविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इञ्जिनियर मोहम्मद अख्तर हुसैनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

खेलकुद मैदान निर्माणमा सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो ।

आयोगको टोलीले इञ्जिनियर हुसैनलाई रु एक लाख घुससहित पक्राउ गरेको हो । आयोगले आरोपी हुसैनविरुद्ध बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×