अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ 

काठमाडौं - बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय अनुप सुनार समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमा मोहरीया चोकस्थित किराना पसलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८१ ग्राम ५ सय ५० मिलिग्रामसहित सुनसरी ईनरुवा नगरपालिका–६ बस्ने ४५ वर्षीय सलिम मिया समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को.२८ प ४९६८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय ६० मिलिग्रामसहित बैतडी शिगास गाउँपालिका–९ बस्ने २४ वर्षीय सन्दिप चन्द समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो । 

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई इँटाभट्टाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७० मिलिग्रामसहित सोही नगरपालिका–६ हात्तीबोझा बस्ने २९ वर्षीय जयराम रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बर्दियाको गेरुवा गाउँपालिका–३ शान्तिबजारबाट अवैध लागूऔषध ब्राउनुसगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ३० मिलिग्रामसहित सोही गाउँपालिका–२ बस्ने २३ वर्षीय अमित चौधरी समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा १ किलो ४ सय ग्रामसहित भारत मोतिहारी रक्सौल बस्ने ४० वर्षीया सरिता देवीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले वीरगंजतर्फ जाँदै गरेको ना.६ ख ९५३७ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

चितवनको भरतपुर महानगरपालिका–१७ गाजिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ५ ग्राम, नापतौल गर्ने मेसिन १ थान, नगद २८ हजार २ सय ३५ रूपैयाँ, १ हजार भारतीय रुपैयाँ र बैंकको चेक ३ थानसहित सोही ठाउँ बस्ने २८ वर्षीय रोशन तामाङ समेत २ जनालाई  बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय फुलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×