सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं - मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित सडकमा मे.१ख ३३७२ नम्बरको बसले प्र.१–०२–०४८ प ७२४६ नम्बरको  मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सुनसरी इटहरी उपमहानगरपालिका–८ बस्ने ४४ वर्षीया मन्जु कटुवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनकुटाको धनकुटा नगरपालिका–६स्थित सडकमा रोकी राखेको बा.प्र.०१–००६ ख ४६५२ नम्बरको ट्रकमा बा.प्र.०१–०२६ च ८९९२ नम्बरको पिकअपगाडी ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्रकका चालक सोही नगरपालिका–९ गुठिटार बस्नेसिरहा लाहानगोलबजार घर भएका ३०वर्षीय निरज ठकुरीकोघटनास्थलमै मृत्यु भएको छ । पिकअपगाडी उक्त ट्रकमा ठक्कर खाई म.प्र०३–००१ ख ८२९५नम्बरको लहरीट्रक र सोही ठाउँ पार्किङ गरि राखेको को.३० प ९५२१ नम्बरको स्कुटरसमेतलाई ठक्कर दिई दुर्घटना भएको थियो ।पिकअप गाडीका चालकलाई प्रहरी नियन्त्रणमा लिएको  छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×