काठमाडौँ - आयोजक ग्रिनल्यान्ड र बीएनए १५औं क्विक्स-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
ग्रिनल्यान्डले गोल्डेनपिकलाई ६४-३४ तथा बीएनएले टीआईएलाई ३४-२२ ले पराजित गरेका थिए। ग्रिनल्यान्डका सुरेश विक र रोहन श्रेष्ठले २२-२२ तथा बीएनएका सन्देश खड्काले १६ अंक जोडेका थिए। सिनियर ब्वाइजमै इबीएले हिमरश्मीलाई ५२-३२ तथा सेन्ट जोसेफले ग्रिनफिल्डलाई ६०-४० ले हराएका थिए।
इबीएका सौगात कार्कीले ३२ तथा सेन्ट जोसेफका निकेश तामाङले १९ स्कोर गरेका थिए। जुनियर ब्वाइजमा ग्रिनफिल्डले फ्लोरोसेन्टलाई १८-११ तथा इबीएले हिमरश्मीलाई २३-७ ले पाखा लगाएका हुन्।