सहरी विकास मन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता

दाङ - सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यस अघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका छन्। 

निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहित अनुरुप मन्त्री चौधरीले शुक्रबारदेखि लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सूर्य बिसीले जानकारी दिए। 

मन्त्री चौधरी दाङ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धामा छन्। एमालेकी शान्ता चौधरी र नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएकी गंगा चौधरीसँग उनको प्रतिष्पर्धा हुने देखिन्छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×