किन खोल्यो फेसबुकले टिकटक अकाउन्ट?

काठमाडौं – अहिले टिकटकमा सबैको आकर्षण बढ्दै गइ रहेको छ। यसको लोकप्रियता बढेसँगै फेसबुकले पनि टिकटकमा आफ्नो अकाउन्ट खोलेको छ। फेसबुकले अकाउन्ट खोलेता पनि भिडियो भने पोष्ट गरेको छैन। टिकटकमा रहेको फेसबुकको अकाउन्टमा १८ हजार भन्दा बढीले फलो गरिसकेका छन्। 

टिकटकको लोकप्रियता बढेसँगै फेसबुकले पनि आफ्नो प्रयोगकर्ताहरुका लागि भिडियो फिचर ‘रिल्स’ सार्वजनिक गरेको थियो। तर रिल्स सार्वजनिक भएको केही समय पनि नबित्दै फेसबुक आफैं टिकटकमा आउनुमा के कारण रहेको छ भन्नेमा धेरैको उत्सुकता रहेको छ।

टेकक्रन्चसँगको कुराकानीमा फेसबुकका प्रवक्ताले सामाजिक सञ्जालका प्रयोगकर्ताबीच आफ्नो उपस्थिति जनाउन अकाउन्ट खोलेको बताएता पनि मेटा कम्पनीले फेसबुक नाममा टिकटक अकाउन्ट खोल्नु पछाडिको कुनै कारण औपचारिक रुपमा सार्वजनिक गरेको छैन।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×