एमालेको ११औँ महाधिवेशन वैचारिक र राजनीतिक रूपमा विशेष हुने : उपमहासचिव गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन वैचारिक, राजनीतिक र सांगठनिक दृष्टिले विशेष हुने बताएका छन्। सोमबार काठमाडौँमा प्रेस चौतारी नेपालले आयोजित अन्तरक्रियामा बोल्दै नेता गुरुङले वर्तमान राजनीतिक परिवेश र नेतृत्व चयनको पृष्ठभूमिले पनि यस महाधिवेशनलाई अझ महत्वपूर्ण बनाउने उल्लेख गरे।

उनका अनुसार जेनरेसन जेड आन्दोलनपछि एमालेले अगाडि सारेको जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तमाथि कतिपयले प्रश्न उठाए पनि यसको सान्दर्भिकता झनै प्रस्ट र बलियो बनेको छ। उनले पछिल्लो समय केही कम्युनिस्ट दल एकीकरणका नाममा निष्क्रिय बनेको टिप्पणी गर्दै देशको समग्र हित र विकासका लागि एमालेको औचित्य अझै बढेको दाबी गरे।

गुरुङले ११औँ महाधिवेशनले पार्टीको वैचारिक स्पष्टता, राजनीतिक रणनीति र सांगठनिक सबलीकरणका विषयमा महत्वपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरे। उनले एमालेले देशमा स्थिरता, समृद्धि र विकासका एजेन्डालाई अगाडि बढाउँदै जिम्मेवार भूमिकामा रहने प्रतिबद्धता जनाए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×