काठमाडौँ - अभिनेता सरोज खनालले ‘बगान’ फिल्म मार्फत निर्देशनमा डेब्यु गरेका छन्। आइतबार एक कार्यक्रमका बीच ‘बगान’ फिल्मको दुई गीत सार्वजनिक गर्दै खनालले निर्देशनमा डेब्यु गरेको जानकारी दिइएका हुन्। यो चलचित्रको आइतवार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा एक समारोहबीच निर्माण घोषणा गरिएको थियो।
आफुले अहिलेसम्म चलचित्रमा काम गरेको अनुभवको आधारमा यो चलचित्रको निर्देशन सुरु गरेको खनालले कार्यक्रममा बताए,‘मेरो फिल्मले व्यापारमा रेकर्ड नराख्ला, तर नेपालमा यति राम्रो पनि फिल्म बन्छ भनेर गर्व गर्न लायक फिल्म चाहिँ बनाएको छु। फिल्म हेरेर हलबाट निस्कँदा एकपटक मान्छेहरू सोच्न बाध्य हुनेछन्।’ उनले आफूले निर्देशन गरेको फिल्मले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे छन्।
सरोज खनालका अनुसार चलचित्रको निर्माण आगामी दशैंमा सम्पन्न हुनेछ। पहिला अमेरिका लगायतको मुलुकमा यो चलचित्र रिलिज गरेपछि बल्ल बगानलाई नेपालमा प्रदर्शनी गरिने भएको छ।
फिल्ममा खनाल, नीर शाह, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, मिथिला शर्मा लगायतको मुख्य भुमिका रहेको छ। लामो समय फिल्म क्षेत्रमा बिताएका निर्देशक खनालले आफुले सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गरेको बताएका छन्।
यो चलचित्रमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन, सुवास भुसालको संगीत रहने छ।