रिमेक फिल्ममा अभिनय गर्दैनन् यी साउथ स्टार

काठमाडौँ - बलिउडको जस्तै दक्षिण भारतीय फिल्ममा पनि रिमेकको चलन निकै छ। साउथ फिल्म स्टारहरू पनि रिमेक फिल्म बनाउँछन्। धेरै कलाकारहरु रिमेक फिल्मकै कारण सफल भएका छन्। तर यो सूचीमा यस्ता केही स्टार छन्, जसले आफ्नो करियरमा कहिल्यै रिमेक फिल्ममा अभिनय गरेनन्।

महेश बाबु
यो सूचीका शीर्षस्थानमा अभिनेता महेश बाबु पर्छन्। उनले फिल्म उद्योगमा लामो यात्रा तय गरिसकेका छन्। यो यात्रामा उनले कैयौं सानदार फिल्म दिएका छन्। तर उनले आजसम्म पनि कुनै फिल्मको रिमेकमा अभिनय गरेका छैनन्।

अल्लू अर्जुन
‘पुष्पा’ स्टार अल्लू अर्जून पनि रिमेक फिल्मप्रति घृणा गर्छन्। उनी जहिल्यै नयाँ स्क्रिप्ट रोज्छन् र उनी दर्शकलाई नयाँ कथा देखाउन मन पराउँछन्। उनले हालसम्म कुनै पनि रिमेक फिल्ममा अभिनय गरेका छैनन्।

विजय देवरकोण्डा
यो सूचीमा ‘लाइगर’ स्टार विजय देवरकोण्डा पनि पर्छन्। जो रिमेक फिल्मलाई मन पराउँदैनन्। उनले आफ्नै फिल्म ‘जर्सी’को रिमेकको अफर अस्वीकार गरेका थिए।

नानी
तेलुगु फिल्म स्टार नानी पनि यस्ता कलाकार हुन्, जसलाई रिमेक फिल्ममा काम गर्न कुनै पनि अवस्थामा मनपर्दैन। उनले आफ्ना लागि रिमेक फिल्म उपयुक्त नभएको अन्तरवार्ताहरुमा बताइसकेका छन्।

राणा दग्गुबाती
‘बाहुबली’ का भल्लालदेव उर्फ राणा दग्गुबाती पनि रिमेक फिल्मलाई घृणा गर्छन्। उनी हरेक फिल्ममा नयाँ कथा खोज्छन्।

अखिल अक्किनेनी
नागा चैतन्यका भाई अखिल अक्किनेनी अहिले फिल्म उद्योगमा आफ्ना लागि नयाँ स्थानका खोजीमा छन्। यद्यपि उनलाई पनि रिमेक फिल्ममा अभिनय गर्न मनपर्दैन।

साई धरम तेज
तेलुगु स्टार साईं धरम तेज पनि रिमेक फिल्ममा काम गर्दैनन्। उनले उद्योगमा हालसम्म लामो समय बिताएका त छैनन्। तर उनी आफ्नो फिल्मको कथामा निकै ध्यान दिन्छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×