सेनेटरी प्याड निर्माणमा जुट्दै सिँजाली महिला

काठमाडौँ - जुम्लाको सिँजा गाउँपालिकाका महिलाहरु सेनेटरी प्याड निर्माणमा जुटेका छन्। 

सिँजाका अधिकांश महिलाले महिनावारी हुँदा सेनेटरी प्याड किनेर प्रयोग गर्न नसक्ने अवस्था भएपछि आफ्नै गाउँबस्तीमा रहेको स्रोत साधनबाट आफ्नै अनुकुलताको सेनेटरी प्याड बनाउन थालेको स्थानीयवासी लक्ष्मी घर्तीले बताइन्। घरेलु तरिकाबाट सेनेटरी प्याड बनाउँदै आएका छौँ। बजारदेखि खरिद गरेर लिएको प्याडभन्दा पनि गाउँमै आफैले बनाएको प्याड प्रभावकारी भएको यहाँका स्थानीय महिला बताउँछन्।

“पहिले प्याडको प्रयोग गर्नेबारे जानकारी नहुँदा महिनावारी हुँदा समस्या हुने गरेको थियो। अहिले आफ्नै घरमा रहेको साधनस्रोतको प्रयोग गरेर प्याड बनाउन सिकेका छौँ”, स्थानीयवासी जमुना चौलागाईंले भने, “प्याड किन्नु पर्दैन, बरु कहीँकतैबाट माग आएको खण्डमा प्याड बनाएर बेच्न सक्नेसम्मको काम भएको छ।” प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र पेस नेपालको साझेदारीमा सञ्चालित खानेपानी सरसरफाइ स्वच्छता उत्थानशील परियोजनाअन्तर्गत दुईदिने प्याड बनाउने तालिम लिएपछि सिँजाका महिला प्याड किन्नकै लागि मेडिकल र स्वास्थ्य संस्थामा धाउनु नपरेको सिञ्जाका महिला बताउँछन्।

समुदायमा रहेका महिलामा आफ्नै घरमा सियोले बुनेर सेनेटरी प्याड बनाउन सक्ने सीपमूलक तालिम दिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×