नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल असोज ११ गते हुने

काठमाडौँ - नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल असोज ११ गते  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार घरेलु टोली  नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली असोज ७ गते नेपाल आईपुग्ने छ। मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ। खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।

यस्तै एन्फाले सो मैत्रीपूर्ण खेलको टिकट मूल्य पनि तय गरेको छ। सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको छ। एन्फाले मैत्रीपूर्ण खेलका लागि उपाध्यक्ष विराज जंग शाहीलाई संयोजक तोकिएको जनाएको छ। मैत्रीपूर्ण खेलको अनुमानित बजेट ४८ लाख ६५ हजार रहेको एन्फाले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×