पल र नाबालिग सँगै बसेको घर धनीको बयान

काठमाडौँ। अभिनेता पल शाह नाबालिगलाई बलात्कार गरेको आरोपमा अहिले प्रहरी हिरासतमा छन् । यसैबिच एक दम्पतीले पल शाह र जाहेरी दिने नाबालिगसँगै बसेको बयान दिएका छन्। प्रहरीलाई सो बयान तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित प्रदीप थापा र उनकी पत्नीले दिएका हुन्। 

पलले प्रदीप थापाको घरमा बलात्कार गरेको बताईएको छ। घरधनी प्रदीप थापा र उनकी पत्नीसँग तनहुँ प्रहरीले बयान लिएको छ। दम्पतीले प्रहरीसँग भनेका छन् 'त्यस दिन पल र बालिका सँगै बसेका हुन्।' घटनाका दिन कमल खत्री भन्ने व्यक्ति सो घरको बेग्लै कोठामा बसेको बताईएको छ। एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी दिएपछी फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) तनहुँ प्रहरीको हिरासतमा छन्।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×