एटलेटिकोलाई ४-२ गोलअन्तरले हराउँदै बार्सिलोनाले निकाल्यो सानदार जित

काठमाडौँ- बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा सानदार जित निकालेको छ। उसले पाहुना टिम एटलेटिको मड्रिडलाई ४-२ गोलअन्तरले हराउँदै बलियो टिमविरुद्ध सानदार जित निकालेको हो।

बार्सिलोनाको जितमा जोर्डी अल्वा, गावी, रोनाल्ड अराउजो र ड्यानी अल्भेसले गोल गरे। तर, खेलको आठौं मिनेटमै एट्लेटिकोका यान्निक करास्कोले गोल गर्दै पाहुने टिम एट्लेटिकोलाई सुरुआति अग्रता दिलाएका थिए। तर सो अग्रता बार्सिलोनाका अल्वाले १०औं मिनेटमै तोडिदिए। खेलको २१ औं मिनेटमा गावीले गोल गर्दै अग्रता आफ्नो हातमा पारे। साथै अराउजोले ४३औं मिनेटमा गोल गरेपछि बार्सिलोना ३-१ को सहज अवस्थामा पुगेको थियो।

डिफेन्डर ड्यानी अल्वेसले ४९औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले गोलको संख्या ४ पुर्याएको हो। तर एट्लेटिकोका लुईस सुआरेजले ५८ मिनेटमा गोल गरेर गोलअन्तरलाई घटाउने प्रयास गरेका थिए।

यो जितसँगै ३८ अंक बनाएको बार्सिलोना चौथो स्थानमा उक्लिएको छ भने ३६ अंक रहेको एट्लेटिको मड्रिड पाँचौ स्थानमा झरेको छ। बार्सिलोना शीर्षस्थानको रियल मड्रिडभन्दा १५ अंकले पछि छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×