इटलीमाथि जर्मनीको शानदार जित

काठमाडौँ - यूईएफए नेशन्स लिग फुटबलमा मंगलबार भएको खेलमा जर्मनीले इटालीलाई ५-२ ले पराजित गरेको छ। जर्मनीको फराकिलो जितमा जित  टिमो वेर्नेरले २ गोल गरे। जो सुअ किमिच, ईल्के गुन्डागोन र थोमस मुलरले १‍‍/१ गोल गरेका थिए।

इटलीका लागि १८ वर्षीय विल्फ्रिड जिनान्टो र एलेसान्द्रो बास्टोनीले १/१ गोल गरेका थिए। जिनान्टो इटलीका लागि गोल गर्ने युवा खेलाडी समेत बने।

सन् १९५७ मा भएको सेन्ट्रल युरोपियन कपमा इटली युगोस्लाभियासँग ६-१ ले पराजित भएको थियो। ६५ वर्षपछि इटलीले एकै खेलमा ५ गोल खाएको हो।

जर्मनीले प्रतियोगितात्मक खेलमा इटलीलाई पहिलो पटक पराजित गरेको हो। जितपछि लिग ए को समूह सीमा जर्मनी ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। इटली ५ अंकसहित तेस्रो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×