दैलेख। दैलेखमा बाल विवाहसम्बन्धी कसुरमा २ जना पक्राउ परेका छन्। उमेर नपगेकी युवति विहे गर्ने दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका २ का भक्तिराम कँडेल र बिहे गर्ने किशोरी पक्राउ परेकी हुन्। किशोरीको नाम र ठेगाना भने गोप्य राखिएको छ। प्रहरीले ती किशोरीको कोड नाम ६२ दैलेख क८७ राखेको छ। उमेर २० वर्ष नपुगी बिहे गर्नुलाई कानूनीरुपमा बन्देज गरिएको छ ।
दुबैजनालाई जिल्ला अदालत दैलेखले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ।