काठमाडौँ - जारी एसिया कपको सुपर चार अन्तर्गतको अन्तिम खेल आज हुँदैछ। आज पाकिस्तान र श्रीलङ्काबीच प्रतिस्पर्धा हुँदैछ।
खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ। आजको खेलमा हुने हार जितले दुवै टोलीलाई अंक तालिकामा कुनै असर गर्ने छैन।
आजको खेलले दुवै टोलीलाई मनोवैज्ञानिक रूपमा फाइनलका लागि तयार भने गराउने छ। फाइनल खेल आइतबार हुनेछ।
हाल अंक तालिकामा रनरेटका आधारमा भने श्रीलङ्का पाकिस्तान भन्दा माथि रहेको छ।