ट्वीटरमा पनि अब लामो लामो टेक्स्ट लेख्न मिल्ने

काठमाडौँ - ट्वीटरमा पनि अब लामो खालको टेक्स्ट लेख्न मिल्ने भएको छ। ट्वीटरका सिईओ एलन मस्कले शनिबार लामो खालको टेक्स्ट लेख्न मिल्ने फिचर ल्याउने घोषणा गरेका हुन्।

उक्त फिचर आएपछि लामो टेक्स्टका लागि ट्वीटरमा नोटप्याडको स्क्रीनसट अपलोड गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ। यसभन्दा अघि ट्विटरमा क्यारेक्टर सिमा रहेको थियो तर अब भने लामो टेक्स्ट पनि लेख्न सकिने छ। यद्यपी यो फिचर कहिलेसम्म आउँछ, त्यो भने बताइएको छैन्।

एपमा क्रियटरहरुका लागि अरु मनेटाइजेसन टूलहरु पनि राख्ने मस्कले बताएका छन्। अहिले ट्वीटरले विशेषगरी ट्वीटर ब्लुलाई ध्यान दिएर काम गरिरहेको छ।

यो सब्सक्रिप्सन फिचरमा रिप्लाई, मेन्सन गर्ने जस्तो फिचरमा प्राथमिकता दिने ट्विटरको भनाइ छ। यसले प्लेटर्फममा स्पामको संख्या पनि घटाउने मस्कको विश्वास छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×