प्रेस चौतारी खोटाङकाअध्यक्षमा राई

खाेटाङ । प्रेस चौतारी नेपाल खोटाङका अध्यक्षमा सीताराम राई ‘सञ्जीव’ चयन भएका छन्। दिक्तेलस्थित शुभदिन होटलमा शनिबार सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले उहाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

पन्ध्र सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्षमा राजन ठटाल, महिला उपाध्यक्षमा अस्मिता दाहाल, सचिवमा दिवस रिजाल, सहसचिवमा खेमराज पुरी र प्रेम श्रेष्ठ तथा कोषाध्यक्षमा सन्तोष पौडेल चयन हुनुभएको छ । समितिको सदस्यमा मनोज आचार्य, मिलन आचार्य, दीपेश श्रेष्ठ, योगिन राई, जीवन मगर, चिरञ्जिवी रिजाल, रोशन राई र उमेश भुजेज रहेका छन् । पाँच सदस्यीय सल्लाहकार समितिमा दमन राई, हरिवोल आचार्य, लोकमणि रिजाल, बद्री आचार्य र टिवन राई रहनुभएको छ । प्रदेश र केन्द्रीय प्रतिनिधि जिल्ला कार्यसमितिको पहिलो बैठकले चयन गर्ने नवनिर्वाचित सचिव रिजालले जानकारी दिए ।

अधिवेशन उद्घाटन समारोहमा सहभागी वक्ताहरूले पत्रकार विभिन्न पार्टी तथा सङ्गठनमा आवद्ध भए पनि पेशागत धर्ममा निष्पक्ष हुनुपर्नेमा जोड दिएका थिए। उनहरुले पत्रकारले राजनीतिक आस्थाका आधारमा पक्षविपक्ष नहेरी यथार्थपरक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड समेत दिएका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×