काठमाडौँ - धरानको एक होटलमा महिलाको शव फेला परेको छ। धरान-१८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एक महिलाको शव फेला परेको हो।
केहि दिनदेखि उक्त कोठामा महिला र पुरुष बस्दै आएका थिए। मृत महिलासँगै बसेका पुरुष अहिले फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।
अझै मृतकको सनाखत भने हुन सकेको छैन।