यु- १७ राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ

काठमाडौँ - यु-१७ राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी उर्जन श्रेष्ठले पाएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले  यु-१७ टिमको जिम्मेवारी श्रेष्ठलाई सुम्पिएको जनाएको हो।

श्रेष्ठको प्रशिक्षणमा नेपाली टिमले सेप्टेम्बरदेखि हुने यु-१७ साफ च्याम्पियनसिप र सन् २०२३ मा हुने एएफसी एसियन कप छनोट खेल्नेछ।

यी २ प्रतियोगिताको लागि एन्फाले मंगलबारदेखि खेलाडी छनोटको खुल्ला प्रकृया सुरु गरेको छ।

श्रेष्ठ ‘ए’ डिभिजन लिग क्लब थ्री स्टारका प्रशिक्षक हुन्। श्रेष्ठको प्रशिक्षणमा रहेको थ्री स्टार गएको सिजन तालिकाको छैटौं स्थानमा सीमित भएको थियो। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×