एमसीसीको पक्षमा मतदान नगरेपनि विपक्षमा नउभिन प्रचण्डसँग देउवाको आग्रह

काठमाडौँ - अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले दौडधुप तीव्र पारेका छन्।

आज उनले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका छन्। प्रधानमन्त्री देउवा आज बिहानै प्रचण्ड निवास पुगेका थिए। उनले भेटमा प्रचण्डसँग संसद्‌मा टेबल भएको एमसीसी पारित गर्नका लागि सहयोग गर्न आग्रह गेका छन्। प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा मतदान नगरेपनि विपक्षमा नउभिन प्रचण्डसँग आग्रह गरेको जानकारी आएको छ। माओवादी अध्यक्ष प्रचण्डले भने एमसीसीका विषयमा आफूहरूले लिखित असहमति जनाएका कारण पक्षमा मतदान गर्न नसक्ने जवाफ दिएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×