भ्रष्टाचार गरेको अभियोगमा खुलालविरुद्ध मुद्दा दर्ता

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले घूससहित पक्राउ परेका सिनियर प्लम्बर गणेशबहादुर खुलालविरुद्ध आज विशेष अदातलमा मद्दा दर्ता गरेको छ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्कालचौर शाखामा कार्यरत खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घूस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले गत साउन ३१ गते रु ५ हजारसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग घूस माग गरेको पुष्टि हुन आएको भन्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन्।

आयोगले खुलालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) मा उल्लेख भए अनुसारको कसुर भएकाले बिगो रु ५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार अधिकतम सजायको मागदाबी गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×