काठमाडौँ बन्यो विश्वकै सबै भन्दा बढि वायु प्रदुषित सहर

काठमाडौँ – काठमाडौँ विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ। काठमाडौँमा अहिले वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६२ रहेको छ। एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ। 

विश्वका प्रदूषित सहरहरूको सूचीको दोस्रो नम्बरमा भारतको कोलकत्ता परेको छ। कोलकत्तामा वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ५९ रहेको छ। एक्यूआई एक सय ५३ रहेको बङ्गलादेशको ढाका विश्वमा वायु प्रदूषण बढी रहेको देशको सूचीमा तेस्रो नम्बरमा छ। 

नेपालको पोखरा, सिमरा, भरतपुर, धनकुटालगायतका ठाउँमा पनि वायु प्रदूषण मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको छ।

श्रोत : उज्यालो अनलाइन
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×