लिटल फ्लावर र बुङगल क्रिकेट क्लबको विजयी सुरुवात

कैलाली -  धनगढीमा शुक्रबारबाट सुरु भएको राष्ट्रिय टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा आयोजक लिटल फ्लावर क्रिकेटक्लब र बझाङको बुङगल क्रिकेट क्लबले विजयी सुरुवात गरेका छन्। 

धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा लिटल फ्लावरले धनगढी क्रिकेट एकेडेमी र बुङगल क्रिकेट क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई पराजित गर्दै सुखद सुरुवात गरेका हुन्। 

शुक्रबार भएको उद्घाटन खेलमा लिटल फ्लावर क्रिकेट क्लबले धनगढी क्रिकेट एकेडेमीलाई २२ रनले पराजित गरेकाे हाे। टस हारेर ब्याटिङको निम्तो पाएको लिटल फ्लावरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएकाे थियाे। १ सय ८० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको धनगढी क्रिकेट एकेडेमीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनायाे। 

धनगढी क्रिकेट एकेडेमीका राजु रिजालले ४८ बलमा ९ चौका र ३ छक्कासहित ७७ रनको उत्कृष्ट पारी खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। रिजाल बाहेक टिमका अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो बन्न नसक्दा डीसीएले हार बेहोरेको हो। बलिङ तर्फ लिटल फ्लावरका कुशल रुपाखेती र अनुप कुँवरले ३/३ र कृष्ण कार्कीले २ विकेट लिएका थिए।

त्यसअघि टस हारेर ब्याटिङ थालेको लिटल फ्लावरका नरेन भट्टले ४० बलमा ८ चौका र २ छक्काको मद्दतले ६३ रनको सानदार पारी खेले। लिटल फ्लावरका लागि अभिषेक पालले २८ बलमा ४४ रन बनाए। बलिङतर्फ डीसीएका अभिष कोइराला, हिक्मत बोहरा र अरुण ऐरीले समान २/२ तथा भोजराज भट्टले १ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच लिटल फ्लावरका नरेन चुनिएका थिए। उनले नगद २ हजार ५ सयसहित ट्रफी र मेडल प्राप्त गरेका थिए। 

शुक्रबार भएको दोस्रो खेलमा बुङगल क्रिकेटक्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ८० रनले पराजित गर्दै सानदार सुरुवात गरेको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बुङगल क्रिकेटक्लबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय रनको विशाल योगफल तयार पार्‍याे।

२ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको कैलाली जिल्ला क्रिकेटक्लब १५.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय २० रनमै समेटियो। उसका लागि दीपक टमाटाले ३५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बनेन। बलिङ तर्फ बुङगलका आकाश चन्दले ४, लोकेन्द्र चन्द, आदित्य महता र मिलन बोहराले समान २र२ विकेट लिएका थिए। 

त्यसअघि बुङगललाई विशाल योगफल तर्फ अघि बढाउन किरण कुमार ठगुन्नाले २२ बलमा ५८ र प्रकाश पाण्डेले ३६ बलमा ५२ रनको सम्झन लायक पारी खेलेका थिए। उसका सन्दीप विष्टले ३६ र लोकेन्द्र चन्दले २० रन बनाए। बलिङ तर्फ कैलाली जिल्ला क्रिकेट क्लबका बलरहरू महँगा साबित भए। खेलको प्लेयर अफ दी म्याच ६ छक्का र ३ चौकाको मद्दतले ५८ रनको सानदार परी खेलेका किरण चुनिएका थिए।

लिटल फ्लावर स्पोट्र्स एन्ड इभेन्ट्स प्राली धनगढीको आयोजनामा प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिएका छन्। प्रतियोगिताको विजेताले नगद २ लाख उपविजेताले १ लाख तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोेत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×