छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं - सप्तरीको बिष्णुपुर गाउँपालिका–१ खुरुरिया टोलस्थित सडकमा राजविराजबाट पत्थरगडातर्फ जाँदै गरेको स.८ प २४१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५७ वर्षीय प्रमेश्व र यादवको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको छिन्मस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको दमक नगरपालिका–१ बरगाछीस्थित सडकमा श्रीपाली टोलबाट बेलडागीतर्फ जाँदै गरेको मे.१ ह ६४०९ नम्बरको सिटी सफारीको ठक्करबाट पैदलयात्री दमक नगरपालिका–१ डेरा गरी बस्ने काठमाडौं घर भएकी २४ वर्षीया सर्मिला लिम्बु (मगर)की  छोरी २ वर्षीया आरूसी मगरको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको दमक लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएकी सर्मिलाको सोही अस्पतालामा उपचार भइरहेको छ । हाल फरार सिटी सफारी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ ग्वारखोला पुल नजिकै पुकार पसलबाट मलवारतर्फ जाँदै गरेको रा.३ प ३७५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–१६ बस्ने २० वर्षीय सागर नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 
रौतहटको गरूडा नगरपालिका–१ जयनगरस्थित सडकमा गौरबाट चपुर हुँदै वीरगंजतर्फ जाँदै गरेको ना.७ ख ८४१४ नम्बरको बस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा बसमा सवार माधवनारायण गाउँपालिका–३ भेल्ही बस्ने शैलेन्द्र कुमार गिरीकी छोरी १८ वर्षीया नेहा कुमारी गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको ग्राण्डी अस्पताल शिवनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ११ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने २ जना उपचार पश्चा्त डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रौतहटको राजपुर नगरपालिका–६ अकलवा चोकमा बैरीयाबाट मनसरीतर्फ जाँदै गरेको बिआर ३० एन ३४७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार ईशनाथ नगरपालिका–८ मनसरी बस्ने फजले हककी छोरी १२ वर्षीया फरिना खातुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डोटीको सायल गाउँपालिका–४ डौडस्थित सडकमा भे.२ त १७६० नम्बरको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–२ बाणी बस्ने ४६ वर्षीय रामकिसन डगौराको घटनास्थलमै मृत्यु भएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका–१४ स्थित सडकमा पिडारी चोकबाट लक्ष्मिनियातर्फ जाँदै गरेको ज.३ प ५८३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री जनकपुर उपमहानगरपालिका–१४ सडक डिभिजन कार्यालय जनकपुरमा कार्यरत सर्लाही हरपुर्वा गाउँपालिका घर भएका ५८ वर्षीय प्रबेश राउतको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×