फिल्म ‘लाखे’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ - सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘लाखे’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले बिहीवार फिल्मको पोस्टर सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा लाखे नाँच नाच्दा लगाइने मुकुन्डो लगाएका चार जनालाई देख्न सकिन्छ। मुकुन्डो लगाएका व्यक्तिहरूको पछाडि अर्पन थापा पनि पोस्टरमा देखिएका छन्। फिल्ममा सौगात र अर्पनसँगै अनुपविक्रम शाही, आर्यन अधिकारी, वर्षा राउत, सुशिल सिटौला, विजय बराल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन्। कथासमेत निर्माता अर्यालकै रहेको छ।

हरि मल्ल ठकुरी फिल्मका कार्यकारी निर्माता रहेका छन्। सम्राट बस्नेत निर्देशित यो फिल्म आगामी भदौ ३१ गतेबाट रिलिज हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×