मिना ढकालले सार्वजनिक गरिन् आफ्नो सम्बन्धको खबर

काठमाडौँ -  बेसुरा गीत गाएर चर्चामा आएकी मीना ढकालले सम्बन्ध बिच्छेद गरेको लामो समयपछि आफू पुनः सम्बन्धमा रहेको स्विकारेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत आफू सम्बन्धमा रहेको खबर बाहिर ल्याएकी हुन्।

कलाकार मनोज गजुरेलसंगको दुई दशक भन्दा लामो सम्बन्ध अन्त्य पश्चात् उनी एक्लै थिइन्। सम्बन्ध अन्त्यसंगै उनले गीत सार्वजनिक गरिन्। जसले दर्शकको अत्याधिक डिसलाईक प्राप्त गरेको थियो। 

कहिले आफूभन्दा आधा कम उमेरका पुरुषको विवाह प्रस्ताव आएको बताउने उनी कहिले दलित समुदायको पुरुषसंग विवाह गर्ने भन्दै चर्चामा आउने गर्थिन्।

पछिल्लो समय नेपाली कांग्रेसमा प्रवेश गरेर चुनाव प्रचारमा सक्रिय भैरहेकी उनले आफ्नो सम्बन्धको खबर सार्वजनिक गरेकी हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×