बयानका क्रममा जबराले खोले न्यायाधीश माग्ने वकिल, नेतादेखि पूर्व प्रधानन्यायाधीशसम्मको कर्तुत

काठमाडौँ - महाभियोग सिफारिस समितिले झन्डै २ घण्टा कुराएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिन सुरु गरेको थियो। जबरा निर्धारित समयमै सिंहदरवार पुगे पनि उनको बयान लिन राखिएको बैठक दुई घण्टा पछि मात्र सुरु भएको थियो। 

गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग प्रस्ताव अगाडि सारेपछि २३ फागुनमा प्रतिनिधिसभाले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो। सोही सिफारिस समितिले पहिलोपटक राणासँग बयान लिन सुरु गरेकाे हाे। 

११ सदस्यीय महाभियोग सिफारिस समितिमा लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, डा. शिवमाया तुम्बाहाङ्फे, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट र रेखा शर्मा रहेका छन्।

सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले आफूविरूद्ध लगाइएको महाभियोग निष्क्रिय भएको दाबी गर्दै न्याय दिन आग्रह गरे। उनले आफूले विधि–पद्धतिबाट काम गरिरहेका बेला मिडिया र राजनीतिक दलले पूर्वाग्रह राखेको उल्लेख गरे।

उनले आफूले विधि पद्धति अनुसार काम गर्दा गर्दै पनि मिडिया र राजनीतिक दलले आफू अनुकूल हुन दबाब सिर्जना गरेको र आफू त्यस्तो दबाबमा काम गर्न नसक्ने भन्दै समितिलाई न्याय दिन आग्रह गरे।

बयानका क्रममा निडर, निस्वार्थ र न्यायसङ्गत व्यक्तित्व रहेका जबराले बयानका क्रममा न्यायाधीश माग्ने वकिल नेतादेखि पूर्व प्रधानन्यायाधीशसम्मको गैह्रजिम्मेवारी एवं अन्यायपूर्ण कार्यहरुको उजागर गरेका थिए।

उनले नेपाल बार एसोसिएसनका तत्कालीन पदाधिकारीले आफूसँग उच्च अदालतको मुख्य न्यायाधीश पद मागेको समेत खुलाएका छन्। तर, सो पद नदिँदा आफू विरुद्ध आन्दोलन भएको उनले बताए। 

तत्कालीन नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेलले उच्च अदालतको मुख्य न्यायाधीश पद मागेको र उक्त पदका लगि उनीहरूले आफ्नो चेम्बरमा आएर पदको बार्गेनिङ गर्दा आफू त्यसमा असहमत भएकाले आन्दोलन चर्काएको जबराले बताए। उनले स्वार्थ समूहको कुरा नमान्दा आफूमाथि प्रहार भएको आरोप लगाएका थिए।

त्यसैगरी उनले वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतलाई अस्थिर बनाउन भूमिका खेलेको आरोप लगाए। यस्तै अदालतको सानो भन्दा सानो कुरामा पनि मिडिया ट्रायल गर्ने गरिएको बताए। न्यायपालिकालाई सक्षम र भ्रष्टाचार रोक्न आफूले सक्दो पहल गरेको पनि बयानका क्रममा जबराले बताएका थिए।

उनले पूर्व प्रधानन्यायाधीशहरुले न्यायालयमा आफ्नो भाग खोज्ने गरेको सत्यतालाई पनि बयानका क्रममा उजागर गरेका छन्। पूर्व प्रधानन्यायाधीश आफ्नो मान्छेलाई न्यायाधीश बनाउन, कर्मचारी सरुवा बढुवाका लागि दबाब दिने गरेको र त्यसो नगरेमा जसरी हुन्छ त्यसरी सिद्ध्याउन खोज्ने प्रवृत्ति रहेको बताए।

यसैगरी आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा महाभियोग लगाइएको बताए। गत वर्ष कार्तिक १५ गते ललित निवास जग्गा प्रकरणमा अन्तिम सुनुवाइ रहेका बेला आफूलाई दल निकट कानुन व्यवसायीबाट असहयोग भएको बताए।  यही प्रकरणको अन्तिम सुनुवाइ नहोस् भनि केही राजनीतिक दलका शिर्ष नेताहरुले महाभियोगको खेल रचना गरेको आरोप उनले लगाएका छन्।

जबरामाथिको महाभियोगमाथिको बयानको क्रम जारी रहेको छ। उनले आज बिहान पुनः बयान दिँदैछन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×